चितवनको राप्ती नगरपालिका वडा नं ११का ५५ वर्षीय पुरुषको कोरानाबाट मृत्यु

भरतपुर,असोज १५ । चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं ११ का ५५ वर्षीय पुरुष रहेको नगर प्रमुख प्रभा वरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका ती पुरुषलाई अन्तिम अवस्था जनाउँदै अस्पतालले बुधबार घर फर्काएको थियो । मृत्युपछि आएको पिसिआर नतिजामा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो संगै चितवनमा कोरोना सङ्क्रणबाट मृत्यु हुनेको सङ्ख्या २१ जना पुगेको छ ।रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको