
चितवन । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता रत्ननगरको बकुलहर स्थित निशाश मोटर्सले नयाँ एभेन्जर मोटरसाइकल बजारमा ल्याएको छ । एभेन्जर १६० स्ट्रिट एबिएस मोटरसाइकल बिहीबार सार्वजनिक गरेसँगै बिक्री सुरु गरेको हो ।
सो मोटरसाइकलको निशाश मोटर्सका प्रबन्ध निर्देशक सञ्जीव थापाले अनावरण गरे । यसअघि एभेन्जर १८० सिसिको मोटरसाइकल बजारमा आइसकेको छ । विभिन्न आकर्षक रंगहरुमा उपलब्ध हुने १६० स्ट्रिट एबिएसको मुल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको निशाश मोटर्सका सेल्स म्यानेजर रेजिन रिमालले जानकारी दिए ।
१६० स्ट्रिट एबिएसका यस्ता छन् विशेषताहरु :
– १६० सिसि डिटिएस आइ इन्जिन
– डिजिटल मेसिन
– एबिएस ब्रेकिङग
– हाइड्रोलिक सन्स्पेन्सन
– डिसि इग्निशन तथा लाइटिङ
– वाइड ट्युबलेस टायरहरु
– टेलिस्कोप फ्रन्टफोर्क
यसैबीच निशाश मोटर्सले दशैं स्किम समेत सुरु गरेको छ । मोटर्सका प्रबन्ध निर्देशक सञ्जिव थापाका अनुसार यो स्किममा नगद १० हजार छुट, ५० प्रतिशत डाउन्ड पेमेन्टमा शुन्य ब्याजदर र २० प्रतिशत डाउन्डपेमेन्टमा बजाज मोटरसाइकल चढ्न पाइने छ ।
काठमाडौं । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आज नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ । शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बजाजको नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा बनाइएको हो ।
यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ । एलईडी डीआरएलका साथ यसले दीर्घकालीन छाप सृजना गर्दछ । यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरु पनि छन् ।
यो १६० सीसी डीटीएस—आई इन्जिनद्वारा संचालित छ । जसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५—स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग गर्दछ ।
सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेकको साथमा छ । ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबीएससँगै छन् ।
चालकको आरामको लागि यो लामो स्लंग, लामो सिट र अद्वितीय विस्तारीत फुटरेस्ट स्थानमा साथ आउँदछ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा शुरुवाती मुल्य रु ३,१९,९०० मा असोज १५ गतेदेखि देशभर उपलब्ध हुनेछ ।