
चितवन । लायन्स क्लब अफ रत्ननगर र लियो क्लब अफ राइनो रत्ननगरको आयोजनामा आज खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । कालिका नगरपालिका वडा नं. १० मा रहेको सिद्धी छात्रावासका विद्यार्थी र सो स्थानका बिपन्न हरुलाई खाना खुवाईएको क्लबका अध्यक्ष शिवलाल पुरीले जानकारी दिए । क्लबले “हामी खाना खुवाउछाैंं” कार्यक्रम अन्तर्गत बिपन्न बस्तीमा खाना खुवाउने कार्यक्रम गरिएको सो कार्यक्रमका संयोजक बुद्धराम जोशीले जानकारी दिए । सो अबसरमा लियो क्लबका अध्यक्ष दिपक काप्री, लायन्स र लियो क्लबका पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।