राजपा चितवनको बैठकद्वारा पुर्व जिल्ला अध्यक्ष श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको घोषणा 
चितवन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, चितवनका पुर्व अध्यक्ष प्रेमकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाईएको जनाईएकाे छ । सो पार्टीका जिल्ला सह- सचिव गुणलाल थिङद्वारा जारी बिज्ञप्तीमा पार्टीको केन्द्रबाट अनुमति लिई जिल्ला समिति हिजो शुक्रबारको बैठकले श्रेष्ठलाई कारबाही गरिएको जनाइएको छ । राजपा चितवनद्वारा जारी बिज्ञप्तीमा पार्टीका नेताहरुको बिरोध गर्दै पार्टी अनुशासन बिपरित पुर्व अध्यक्ष श्रेष्ठ हिडेकाेले उनलाई कारबाही गरिएको बताईएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको