चितवन । नाराययणी नदीमा पानीको बहाब बढेको छ । देशभर हिजोदेखि नै निरन्तर वर्षा भएपछि नारायणीको बहाब बढ्दै गएको हो । नदीको बहाबले सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विभागका अनुसार नारायणी नदीको पुल र देवघाट दुवै क्षेत्रमा सतर्कता तह पार गरेको छ । पुल तर्फ नारायणी नदीमा पानीको सहत ११.२३ मिटर पुगेको छ । यहाँ ११ मिटर सतह पुगेमा सतर्कता तह नाघेको मानिन्छ । यस्तै देवघाट क्षेत्रतर्फ पानीको सतह ७.९ मिटर पुगेको छ । जबकी ७.३ मिटर सतर्कता तह मानिन्छ । यहाँ पानीको सतह ८ मिटर पुगेमा खतराको तह पार गर्नेछ ।
चितवनमा निरन्तर वर्षा भइरहेकाले देवघाट क्षेत्रमा खतराको तह पार गर्ने देखिन्छ । निरन्तर वर्षासंगै बाढीको संभावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई चितवन प्रशासनले सतर्क रहन अनुरोध गरेको छ ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer