काठमाडौँ, ३ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप ११ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।
यससँगै मृतकको संख्या ४ सय १ पुगेको छ ।
शनिबार देशभर थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ हजार ४ सय ४७ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।