
चितवन । चितवनको शारदानगरमा सर्पको टोकाइबाट शनिबार बिहान एक बालकको मृत्यु भएको छ ।
शुक्रबार राती ११:५० बजेको समयमा घरमै सुतिरहेको अवस्था सर्पले टोक्दा भरतपुर १९ शारदानगर रुबि सुनारका २ वर्षीय छोरा रायन रामदानको मृत्यु भएको हो । घाइते बालकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सर्पको टोकाइबाट ५६ बर्षकी केशरी बिक र २६ बर्षकी रुबि सुनार गंभिर घाइते भएका छन । केशरिको चितवन मेडिकल कलेज र रुबिको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सुर्य थापाले बताए ।