चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवनमा कोरोना (कोभिड १९) संक्रमति थप एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका ११ का ३१ बर्षिय पुरुषको आज विहान १२ः१८ मा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । गत भदौ २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई उनि अस्पताल भर्ना भएका थिए । उनको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको