
काठमाडौं, भदौ २९। सरकारले चैत दोस्रो सातादेखी बन्द रहेको आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेबाट खुलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको हो । स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो । यातायातका साधानले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउनेछन् । छोटो दुरीका सवारी साधनलाई लगाइएको नियम नै लामो दुरीका सवारीमा पनि लगाइएको छ ।