चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो अझै पञ्छाउन सकिएको छैन । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा गए राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
हिजो सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको हाम्रा समाचारदाता ले जनाएका छन । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
यस्तै सोही सडक खण्डअन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको र सो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।