नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठक पार्टीको एकता महाधिवेशन आगामी चैत्र २५ देखि ३० गतेसम्म काठमाण्डौमा आयोजना गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठक अध्यक्ष केपी शर्मा ओलीले सरकार संचालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा ध्यान केन्द्रित गर्नेे लगायतका प्रस्तावहरु पारित गर्दै आज सम्पन्न भएको हो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयले पेश गर्नु भएको प्रस्ताव माथि छलफलको क्रममा नेताहरुले दिएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले अब पार्टी विधि र पद्धतीमा अगाडि बढाउने र सरकार पार्टीको मागर्दशनमा चल्ने तथा सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइने बैठकले निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।

स्थायी कमिटीको बैठकले के संशोधन गर्ने भन्ने वारेमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने तय भएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

Image may contain: one or more people, people sitting, table and indoor

बैठकको प्रारम्भमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठकले पार्टीको एकतालाई नयाँ उचाउमा पुर्याउने र नयाँ संकल्प सहित अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउने र पार्टीको एकतालाई सुढृढ गर्ने, विचारको आधारमा पार्टीमा बहस अघि बढाउन आधार प्रदान गर्ने र महाधिवेशन सम्पन्न गर्दौ पार्टीलाई क्रन्तिकारी पार्टीको रुपमा स्थापित गराउन दिशामा बैठक महत्वपूर्ण भएको धारणा राख्नुभएको पनि  भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित १३ जना नेताले आआफनो धारणा राख्नु भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको