
चितवन । भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नवलपुर जिल्ला देवचुली नगरपालिका वडा नम्बर १ का ६४ बर्षीय पुरुषको आज सांँझ साढे पांँच बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । खोकी र स्वास प्रश्वासमा समस्या भएर शुक्रबार ती पुरुष अस्पतालको आइसीयु कक्षमा भर्ना भएका थिए ।
अस्पताल आउनुभन्दा २ अघि नै कोरोना संक्रमित भएका उनको उपचारको क्रममा आज साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार ती पुरुष मृगौला फेल भई विगत केही समयदेखि डायलासिस गर्दै आएका थिए । निमानियाले समेत ग्रस्त उनको भेण्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।