
चितवन । टाउकोमा दुईवटा गोली लागेको अबस्थामा चितवन राष्ट्रिय निकुञ्ज भित्र एक सिंगे मृत गैडा फेला परेको छ ।
निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा डुबेको अवस्थामा मृत गैंडा भेटिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।
उक्त मृत गैडा भदौ २१ गते नै भेटिएको थियो । तर निकुञ्ज प्रशासनले मंगलबार मात्रै सार्वजनिक गर्यो। मृत गैंडाको खाग र खुर भने सुरक्षित छ।
सिकारीले गोली हनेर भागेको हुनसक्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष चार वटा गैंडा मरेका छन् ।