
चितवन । चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय पुरुषको आज विहान ८ः०३ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
छातीमा समस्या भइ ती पुरुष भदौं १२ गते उपचारका लागि चितवन मेडिकल कलेजमा पुगेका थिए । उनको भदौं १३ गते परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
उनको अवस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेमा चितवनका १२ जना पुगेका छन् ।