चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौ २१ । चितवनमा थप ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै २९ जना रहेका छन् । जसमा १० वर्षीय बालकदेखि ६६ वर्षसम्मका १८ जना पुरुष र १० वर्षीया बालिकादेखि ५० वर्ष उमेर समूहका ११ जना महिला रहेका छन् । उनीहरु भरतपुर महानगरपालिका वडा नंं.२, ३, ५, ६, ७, ८, ९, १०, १३, २२, १८ र २१ का बासिन्दा हुन् । उनीहरु सबैको भरतपुर अस्पताल स्वाब केन्द्रबाट स्वाब संकलन गरिएको हो ।

यस्तै पूर्वी चितवनको राप्ती नगरपालिका–२ का ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि चितवन बाहिरका नवलपरासी पूर्वको कावासोती नगरपालिकाका २ महिला र बुलिङटार गाउँपालिकाका ३८ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१० का ३० वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा शनिबार राति कुल १३४ वटा नमुना परीक्षण गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको