कालिका नगरपालिकाका ५ जना सहित चितवनका थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ सय नाघ्यो

चितवन ।  चितवनका थप ३८ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनका ३८ सहित ३९ जनामा कोरोना पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाका १९ जना,रत्ननगर नगरपालिकाका ८ जना,कालिका नगरपालिकाका ५ जना मध्य ३ पुरुष र २ महिला सहित माडी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । यस्तै सर्लाहीका १ जनामा पनि कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिनुभयो । यो संघ चितवनमा संक्रमितको संख्या ८ सय नाघेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको