कोरोना संक्रमणले चितवनको कम्युनिस्ट पार्टीका संस्थापक नेता चापागाइँको मृत्यु

कोरोना संक्रमणले चितवनको कम्युनिस्ट पार्टीका संस्थापक नेता चापागाइँको मृत्यु
शिशिर सिंखडा, चितवन । कोरोना संक्रमणको कारणले चितवनको कम्युनिस्ट पार्टीका संस्थापक मध्येका एक नेता शोभाखर चापागाईँको आज निधन भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगर केशरबागका चापागाइँको ७८ वर्षको उमेरमा आज विहान ७ः२० बजे भरतपुर अस्पतालमा निधन भएको हो । उहाँलाई उपचारको लागि गत साउन २७ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो र पछि कोरोना संक्रमण देखिएपछि भदौं ७ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उहाँ २०३४ सालमा नेकपा कोअर्डिनेशन केन्द्र चितवन गठन गरी कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनु भएको थियो ।
वाग्मती प्रदेशका मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाले चितवनको कम्युनिस्ट आन्दोलनमा अग्रज पुस्ताका संस्थापक नेताको रुपमा उहाँको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्वर्गीय चापागाइँ २०३३ सालदेखि कम्युनिस्ट पार्टीमा सक्रिय नेता हो । उहाँ निरन्तर पार्टीको संगठन निर्माणमा सक्रिय रहनुभयो । त्यस्तै उहाँ किसान संघमा पनि लागेर व्यवासायिक गाईपालन र दूग्ध सहकारीको विकासमा निरन्तर लागि रहनु भएको सम्मानित व्यक्तित्वन हुनुहुन्छ ।’
विसं १९९९ असार १९ गते जन्मनुभएको चापागाइँको एक श्रीमती, १०२ वर्षीय आमा, पाँच छोरी र एक छोरा हुनुहुन्छ । अहिले उहाँको शवलाई डिस्पोज गर्ने तयारी भइरहेको उहाँको भतिजा इञ्जिनियर शिव चापागाईँले जानकारी दिनुभयो ।

https://www.kalikadainik.com/2020/08/31/16557/

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको