चितवन । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर–६, केशरबागका ७८ वर्षीय पुरुषको आज विहान ७ः२० बजेको समयमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । ती पुरुषलाई भदौं २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । यससंगै चितवनमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer