अन्तराष्ट्रिय उडान र लामो दुरीका यातायात संचालनमा भदौ मसान्तसम्म रोक लगाउने सरकारको निर्णय

काठमाडौं । सरकारले कोभिड–१९ का कारण अन्तराष्ट्रिय उडान र लामो दुरीका यातायात सेवा भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

अन्तराष्ट्रिय उडान नखोल्ने निर्णय गरेपनि यसअघि भदौको १६ गतेबाट तय भएका उडान भने नरोकिने भएका छन् । शिक्षण संस्थापनि भदौ मसान्तसम्म नै बन्द राख्ने निर्णय गरेको छ । यसैगरी अन्तराष्ट्रिय सीमा नाकापनि भदौ मसान्तसम्म नै बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि लामो दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको