चितवनको खैरहनीमा स्कुल भित्रै तास खेल्ने हेडमास्टर सहित ११ जना पक्राउ

चितवन , १२ भदौं । चितवनको खैरहनीमा स्कुलभित्रै तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको अवस्थामा स्कुलका हेडमास्टर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विहिबार दिउँसो १ बजेतिर स्कुलका हेडमास्टर बिष्णु सिलवाल सहित ११ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुको विवरण र रकम
१)खैरहनी न पा २ का बर्ष ५० का बिष्णु सिलवाल (हेडमास्टर) रु १५०।–
२) खैरहनी न.पा.-२ का वर्ष ३९ का राजकुमार गुरुङ- रु १,५००।–
३) खैरहनी न.पा.-२ का वर्ष ६५ का ऋषिजन के.सी.- रु १३,८७५।–
४) खैरहनी न.पा.-२ का वर्ष ३६ का उमेश के.सी.- रु ४,६६५।–
५) खैरहनी न.पा.-२ का वर्ष ४५ का गुणराज क.सी.- रु १२,८७०।–
६) खैरहनी न.पा.-२ का वर्ष ४३ का तिलक श्रेष्ठ- रु ४,२८५।–
७) खैरहनी न.पा.-३ का वर्ष ४२ का राजु थापा-रु ४,११०।–
८) खैरहनी न.पा.-२ का वर्ष ४२ का राम थापा- रु ३,५३०।–
९) खैरहनी न.पा.-२ का वर्ष ३८ का शिव के सि -रु ६५५।–
१०) खैरहनी न.पा.-२ का वर्ष ३८ का बलराम सिलवाल
११) खैरहनी न.पा.-२ का वर्ष ६१ का बेनी के.सी.

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको