अस्पताल नभएका ६ सय ४९ ओटै स्थानीय तहमा तत्काल अस्पतालको सेवा प्रारम्भ गर्न बजेट निकासा-स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं, भदौ १२ । सरकारले सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज अस्पताल नभएका ६ सय ४९ ओटै स्थानीय तहमा तत्काल अस्पताल सेवा प्रारम्भ गर्ने निर्णयसहित आवश्यक बजेटको ब्यवस्था गर्नुभएको हो ।

मन्त्री ढकालको यस निर्णयसँगै अव ती स्थानीय तहमा ५ शैयाको अस्पतालको सेवा तत्कालै सुरू हुनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार अस्पताल सेवा प्रारम्भका लाथि आवश्यक औजार र उपकारण खरिदका लागि आजै मात्र ६४ करोड निकासा भएको छ । यस अस्पतालमा तत्कालै कम्तीमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी रहने ब्यवस्था मिलाइएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्री ढकालका सचिवालयका अनुसार यस अस्पतालको व्यवस्थापन स्थानीय तहले गर्नेछन । आफ्नो क्षेत्रमा अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाइ नै दिइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको