
चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले एक साता निषेधाज्ञा पुुुनः थप गर्ने निर्णय गरेको छ । दोस्रो चरणको निषेधाज्ञाको आज अन्तिम दिन जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण्को जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थालाई आलोपालो संचालन गर्ने दिने निर्णय गरिएको छ । दैनिक केही घण्टा मात्रै भए पनि सरकारी कार्यालय संचालन गर्ने प्रशासनले तयारी गरेको छ । ‘व्यवसायीहरुबाट केही गुनासो आएकाले बैंक तथा वित्तिय संस्था, मनी ट्रान्सफरसहित केही खुकुलो बनाउने निर्णय गरेका छौं´ प्रमुख जिल्ला अधिकारीले भट्टराईले भन्नू भयो ।
प्रशासनले पहिलो चरणमा साउन ३० गते देखि चितवनमा निषेधआज्ञा लागू गरेको थियो ।