चितवनको पुष्पाञ्जली अस्पतालमा उपचाररत कोरोना संक्रमितको पनि मृत्यु

चितवन, भदौं १२  चितवनमा आज (शुक्रबार) थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । भरतपुर–१० स्थित श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको आज (शुत्रबार) विहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.सन्दिप पाण्डेले जानकारी दिनुभयो । डा. पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको जनाइको छ । ती पुरुष लामोसमय देखि फोक्सोको दमको बिरामी रहेको डा.पाण्डेले जानकारी दिए । भदौं ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भदौं ५ गते विहान १० बजे श्वासप्रश्वासमा गम्भिर समस्या आएर अस्पताल भर्ना भएपछि ती पुरुषको गम्भिर अवस्थामा आइसीयूमा राखेर उपचार सुरु गरिएको थियो । उनको तत्कालै कोरोना परीक्षणका लागि स्वाब संकलन गरि प्रयोगशाला पठाउँदा सोमबार राति रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । पुष्पाञ्जली अस्पतालमा हाल एक जना संक्रमितको आइसीयूमै उपचार भइरहेको छ भने अर्का एक जना डिस्चार्ज भएका छन् ।

यसअघि आज विहानै चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको पनि मृत्यु भएको थियो । आज (शुक्रबार) विहान ६ः५० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । निमोनिया र दमको बिरामी ती महिलालाई यही भदौं ७ गते उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । सोही बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सो अस्पतालमा अहिले पनि ४० जना संक्रमितको उपचार भइरहेकोमा २० जना संक्रमितको गम्भिर अवस्थामा आइसीयू कक्षमा उपचार भइरहेको छ । जसमध्ये तीन जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको