
चितवन । एकाबिहानै सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान करिब ७ बजे तिर सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको हो । पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ । पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।