लागूऔषध सहित चितवनको कालिका र भरतपुरका १/१ जना पक्राउ

चितवन । नवलपरासी पूर्व (नवलपुरमा) लागूऔषद्यसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  चितवन कालिका नगरपालिका ९ बस्ने  २३ वर्षका सुवाश श्रेष्ठ र भरतपुर महानगरपालिका २ बस्ने  २६ वर्षका ध्रुव श्रेष्ठ  रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार बुधबार गैँडाकोट नगरपालिका २ मौलाकालिका गेट नजिक हिडिरहेका  दुई जनालाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट लागूऔषध  बरामद भएको हो ।

उनीहरुको साथबाट २ एम्पुल नुफ्रिन, २ एम्पुल फेनरागन र २ एम्पुल डाईजोपाम गरि ६ एम्पुल लागूऔषध बरामद गरिएको छ ।  थप अनुसन्धानको क्रममा लुकाएको अवस्थामा ६६ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुका बारेमा थप अनुसन्धान भइहको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको