मिर्गौला पिडित तथा अशक्त एकल महिलालाई नगद सहयोग हस्तान्तरण

रवि रोषी, चितवन । आफु बस्दै आएको घरभाडा भुक्तानी गर्न नसक्दा कोठा छोडी अन्यत्र आश्रय लिएका मिर्गौला रोगीलाई आज नगद १८ हजार हस्तान्तरण गरिएको छ ।
माडी नगरपालिका वडा नं. बस्ने हाल उपचारको लागि रत्ननगर टाँडी बस्दै आएका लोक बहादुर विकलाई रत्ननगर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तिलकराज शर्मा र सामाजिक अभियन्ता केपि किरण शर्मा द्धयले आज सो रकम हस्तान्तरण गर्नुभएको थियो । खैरहनी नगरपालिका बस्ने सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेल तथा सामाजिक अभियन्ता केपि किरण शर्माको विशेष अनुनयमा सो रकम संकलन गरी दाताहरुले पिडितको लागि प्रेषण गरी पठाउनु भएको थियो ।
सहयोग रकम प्रदान गर्नेहरुमा खैरहनी नगरपािलका वडा नं. १ ज्यामिरेका राहत संकलन संयोजक भूमि प्रसाद कँडेलका छोरा लेलिन कँडेल मार्फत ९३२०, खैरहनी नगरपालिका वडा नं. १ घर भई हाल अष्टे«लिया रहनुहुने सन्देश डल्लाकोटीबाट ७६८० र खैरहनी नगरपालिका वडा नं. ८ मा अवस्थित नीलगिरी बचत तथा ऋण सहकारी संस्थाकी प्रमुख सुनिता लामाबाट रु १००० प्राप्त भएको हो ।
सो को साथै पिडित र पिडितको परिवारको आवश्यकीय पौष्टिक आहारको लागि शान्ति मेड नेपाल स्विटजरल्याण्डको तर्फबाट रत्ननगर बकुलहर अस्पतालका व्यवस्थापन व्यक्तित्व देवेन्द्र श्रेष्ठबाट पनि १ महिनाको लागि पुग्ने खाद्य सामाग्री प्रदान भएको थियो ।
यसका साथै रत्ननगर नगरपालिका वडा नं. १३ बस्ने सन्तानविहिन श्रीमान्बाट २२ बर्ष देखि परित्यक्ता ५७ बर्षीया शारीरिक रुपमा अशक्त महिला केशरमाया श्रेष्ठको लागि पनि सामाजिक अभियन्ता गजुरेलको पहलकदमीबाट खाद्यान्न सामाग्री खरिद गरी तत्कालको गर्जो टार्न हेतु श्रेष्ठकै आवासमा गएर चेपाङ संरक्षण केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता केपि किरण शर्माले हस्तान्तरण गर्नुभयो । हिँडडुल गर्न समेत असमर्थ श्रेष्ठको लागि खैरहनी नगरपालिका वडा नं. ८ मगनीचोकका सोमनाथ पाण्डे बाट १५०० र सोही वडा घर भई नारायणगढमा व्यवशायिक कर्म गर्दै आउनुभएका दिपक काफुलेबाट १००० प्रेषण गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको