चितवन । चितवनमा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले चितवनले भदौं १२ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनले भने–‘भोलिदेखि भदौं १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।’
यसअघि जिल्लाका ६ वटा स्थानीय तहमा निषेधाज्ञा लागू गरिएकोमा यसपटक माडी नगरपालिकामा समेत निषेधाज्ञा जारी गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिए ।
पहिलोपटक गरिएको एक साताको निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिदै थियो ।
चितवनमा पछिल्लो समय दैनिकजसो कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकोले निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
चितवनमा आज मात्रै २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये २२ जना चितवनका थिए भने अन्य चार जना विभिन्न जिल्लाका बिरामीहरु रहेका थिए ।