

चितवन । पुर्बी चितवनको कालिका नगरपालिका-६, क्लबचोक घर भएका १ प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । नगर प्रहरी कार्यालय भृकुटीमण्डप, काठमाडौंमा कार्यरत ३० वर्षिय प्रहरी रेशमराज भट्टलाई कोरोना संक्रमण देखिएको हो ।
गत साउन २९ गते घर आएका उनी अस्ति भदौ ३ गते बुधबार कार्यालय पुगेका थिए । ४ दिनको बिदामा आएका उनको कार्यालयमा हाजिर हुनु भन्दा अगाडि कोरोना परिक्षण गर्ने क्रममा हिजो बिहीबार कोरोना संक्रमण पुष्टी भएको उनले टेलिफोनमा बताए । गत साउन ७ गते पनि कोरोना परिक्षण गरेकोमा सो समयमा भने कोरोना नेगेटिभ आएको थियो, उनलेे भने ।
उनले टेकु प्रयोगशालामा आफ्नो स्वाब परिक्षण गरिएको बताएका छन ।
हाल उनी बिरेन्द्र प्रहरी हस्पिटल महाराजगन्जको आइसोलेसनमा रहेका छन । आफ्नो स्वास्थ भने सामान्य रहेको भट्टले बताए । गत असार १४ गते बिबाह गरेका भट्टको श्रीमती गत भदौ १ गते भरतपुर १६ बिजयनगर माइती गएकोमा श्रीमानलाई कोरोना पुष्टी भएको थाहापाई हिजो बिहीबार नै घर फर्कीएकि छन । भट्टलाई कोरोना पुष्टी भए सङै स्थानीय हरुले कोरोना समुदायमा फैलिएको आशंका गरेका छन ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer