
चितवन, भदौं ४ । चितवनमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालमा बुधबार राति गरिएको परीक्षणमा एक जना मात्रै कोरोना संक्रमण फेला परेका हुन् ।
यति धेरै परीक्षण गर्दा जम्मा एक जना मात्रै संक्रमित फेला पर्नु चितवनको लागि केही राहत मिलेको छ ।
योसंगै चितवनमा कुल संक्रमितको संख्या २८१ पुगेको छ ।