
बेपत्ता मध्ये चार जनाको सब फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण कैलाशखाेलामा आएको बाढीले खोला किनारमा रहेको सैनीबजारका सम्पूर्ण घर तथा पसल बगाएको र घटना स्थलबाट करिब ३/४ किलोमिटर टाढा शव फेला परेका रामाराेशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले बताउनुभयो । घटनाबाट के-कति क्षति भयो भन्ने यकिन विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।
अहिले जिल्ला प्रहरी कार्यालय तथा शान्तडा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गैसकेकाे र जनप्रतिनिधि सहित खोजी तथा उद्धारको काम भइरहेको छ ।
बाढी तथा पहिरोले रामाराेशन गाउँपालिकाको केन्द्र रहेको मुजाबगर बजार, गाउँपालिकाको कार्यालयमा समेत पानी पसेर क्षति गरेको छ । गज्जडबजार, कैलाशखाेलामा रहेको शीला पक्की पुलकाे आधा भाग समेत बगाएको छ भने थुप्रै खेतहरू बगरमा परिणत भएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण वडा नम्बर ४ को वडा कार्यालय भवन समेत भत्किएको छ । रामाराेशन गाउँपालिका वडा नम्बर ५ का ३६ घर पहिराकाे जोखिमले विस्थापित भएका उपाध्यक्ष रावलले बताउनुभयो ।