चितवनमा निषेधाज्ञा तोडेपछि हवाई फायर, एक जना पक्राउ

चितवन । राप्ती नगरपालिकामा हवाई फायर भएको छ । कोरोना संक्रमण नियन्त्रणको लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा नगरपालिकाको वडा नम्बर १ पिप्लेका बासिन्दाले तोडेपछि प्रहरीले हवाई फायर गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जानकारी दिनुभएको छ । निषेधाज्ञाको समयमा भीडभाड गरेको र स्थानीय दुईपक्षबीच झडप हुने अवस्था आएपछि हवाई फायर गर्नु परेको उहाँको भनाई छ ।

भीडलाई उत्तेजित गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्थानीय ३२ वर्षीय ठाकुर बर्तौलालाई पक्राउ गरिएको .इलाका प्रहरीले जानकारी दिएको छ ।  file photo

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको