चितवन, भदौं १ । चितवनमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
यस्तै क्वारेन्टिनमा रहेका पूर्वीचितवन राप्ती नगरपालिका–२ र ९ का २ जना बालिकासहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अर्की संक्रमित महिला ८६ वर्षकी हुन् ।
भरतपुर–१० स्थित आशा अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा–९ का ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा आइतबार राति कुल ५६८ नमुना परीक्षण गरिएको थियो । आज १० जना संक्रमित थपिएसंगै चितवनमा कुल संक्रमितको संख्या २०९ पुगेको छ ।