
चितवन, साउन ३२। कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि पूर्वी चितवनका चार वटा नगरपालिकामा पनि आज रातिदेखि निषेधाज्ञा लागू गरिएको छ । पूर्वी चितवनका रत्ननगर, कालिका, खैरहनी र राप्तीका प्रमुखहरुको आज (आइबार) बसेको बैठकले चार नगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए ।
नगर प्रमुख वनले आज राति १२ बजेदेखि लागू हुने गरी भदौं ७ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय भएको जानकारी दिए । चितवनका प्रमुख जिल्ला अधिकारी भट्टराईले आज राति देखिनै लागू हुने गरि पूर्वी चितवनमा निषेधाज्ञा घोषणा गरिएको बताए । उनले एक बारेमा आजै सार्वजनिक सूचना जारी गरिने बताए ।