गायक तथा संगीतकार नरेश खाती क्षेत्रीको ‘मेरो बाबा भगवान’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार नरेश खाती क्षेत्रीको ‘मेरो बाबा भगवान’ बोलको गीत सार्वजनिक भएको छ । बुबाको मुख हेर्ने दिन अर्थात कुशेऔँसी आउँदै गर्दा गायक खातीकाे ‘मेरो बाबा भगवान’ एलिना चौहानको स्वर दिएकी छिन भने गीतमा खाती आफैले संगीत भरेका छन् । गायक खातीले भने “बुबाको मुख हेर्ने दिन आएको अवसरमा आफूले ‘मेरो बाबा भगवान’ बोलको गीत ल्याएको बताए । ‘आमासम्बन्धी थुप्रै गीतहरू छन् । तर, बुबालाई जोडेर धेरै गीत छैन’, गायक एवम् संगीतकार खातीले भने, ‘बुबाको मुख हेर्ने दिन आउँदै छ । सबैका छोराछोरीलाई यो गीतले बुबाको महत्व दिओस् भनेर गीत बनाएको हुँ ।”

यसअघि ‘मेरी छोरी’ गीत बनाएका खातीको त्यो गीतले युट्युबमा एक करोड भ्यु कटाएका थियो । अर्को गीत ‘माया मारेर’ले पनि एक करोड भ्यु नाघेको थियो ।

गीतका पछिल्ला अंशमा खाती स्वयंमको पनि स्वर छ । गीतमा हरेक सन्तानको जीवनमा बाबाको भगवान भूमिकाको वर्णन गरिएको छ । बाबा जो आकाश बनेर घामको किरण छरिरहे सन्तानका अघी कहिले आँसु देखाएनन अनबरत रुपमा खटिरहे सन्तानको खूशीको लागी मनछुने लयमा गाइएका शब्द शब्द बाबामा समर्पित छन् ।

आफूलाई जन्माउने बाबा आमाका बारेमा नेपालमा धेरै गीत बनेपनि यो पृथक सुनिन्छ । बिशाल निरौलाले एरेन्ज गरेको गीत प्रिज्म स्टुडियोमा रेकर्ड भएको हो भने श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको