भरतपुर अस्पतालकी एक नर्समा कोरोना संक्रमण, इमर्जेन्सी कक्ष सिल गर्ने तयारी

चितवन, साउन २९ । भरतपुर अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज (बिहीबार) गरिएको परीक्षणमा भरतपुरकी २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालको इमर्जेन्सी कक्षमा कार्यरत ती नर्समा संक्रमण देखिएको हो । अस्पतालमै कार्यरत नर्समा संक्रमण देखिएपछि अहिले इमर्जेन्सी कक्ष सिल गर्ने तयारी भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले  जानकारी दिए । उनले भने–‘इमर्जेन्सीमा कार्यरत नर्समा संक्रमण देखिएकोले त्यहाँ रहेका बिरामीलाई अन्यत्र सार्न लागि रहेका छौं, केहीबेरमै इमर्जेन्सी कक्ष सिल गर्छौ ।’

आज चितवनमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा सबै भरतपुर अस्पतालमा स्वाब दिएर घर फर्किएका व्यक्तिहरु हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको