
रत्ननगर । चितवनको बकुलहर रत्ननगर अस्पतालको सेवा आंशिक रुपमा बन्द गरिएको छ ।
अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक, सुत्केरी तथा डाइलासिस सेवा बाहेक अन्य सेवा बन्द गरिएको हो ।
अस्पताल सञ्चालन समितिको बिहीबार सम्पन्न बैंठकले कोरोना भाइसर नियन्त्रणको लागि अस्पतालबाट दिने उल्लेखित तीनवटा सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको रत्ननगरका मेयर तथा सञ्चालक समितिका अध्यक्ष नारायण वनले जानकारी दिनु भयो ।
अस्पतालको आकस्मिक बाहेक अन्य सेवा बन्द गरिएको उहाँले जानकारी दिनु भयो ।