काठमाडौं, २७ साउन । ‘शरिर झोलामा र टाउको खोलामा’ जसरी फेला परेको नेपालगञ्ज स्थायी बासी कृष्णबहादुर बोहरा हत्या काण्ड अनुसन्धानमा नेपाल प्रहरीलाई सफलता मिलेको छ ।
४८ घन्टामा नै प्रहरीले हत्याकी मुख्य अभियुक्त कल्पना शाही भनिने कल्पना मुडवरीलाई चितवनबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याएको थियो ।
घटनाका अनेक पाटाको अनुसन्धान जारी रहे पनि प्रारम्भिक चरणको काम सकिएका कारण हत्या अभियुक्त मुडवरीलाई मंगलबार सार्वजनिक गरिएको छ ।
घटनाको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त अनुसन्धान गरेका थिए । मुडवरीले बोहरा हत्यामा आफूले स्लिपिङ ट्याबलेट खुवाएको समेत बयान दिएकी छन् ।
यस्तै प्रहरीले घटनास्थलबाट ह्याम्बर र काट्नका लागि प्रयोग गरिएको दाउ समेत बरामद गरेको छ । अभियुक्तको बयानअनुसार बोहराले बलात्कारको कोशीश गरेपछि स्लिपिङ ट्याबलेट खुवाएर हत्या गरिएको हो । शव व्यवस्थापनका लागि १६ बर्षिया छोरीले सहयोग गरेको भन्ने पनि विवरणमा खुलेका छन् । हत्या र शव व्यवस्थापन गरेपछि मुडवरी चितवन स्थित घर पुगेकी थिइन् ।
थप समाचार
https://www.kalikadainik.com/2020/08/11/15786/