

चितवन । मिष्टर एण्ड मिस चितवन एसइइ २०२० र हेड्स नेपालको सहकार्यमा आइतवार निशुल्क माक्स वितरण गरिएको छ । बढ्दो कोरना संक्रमणलाइ लिएर निशुल्क माक्स वितरण तथा सचेतना कार्यक्रम गरिएको चितवन एसइइका अध्यक्ष बिशाल एच आलले बताउनु भयो । चितवन एसइइकी सहभागि सञ्जना खड्का तथा हेड्स नेपालको आर्थिक सहयोगमा करिब ५ सय भन्दा बढी माक्स वितरण गरिएको हो ।
कोभिड १९ को लागी सचेतना तथा यस वाट कसरी बच्ने भन्ने जानकारी सहितको प्ले कार्ड लिएर सहभागिहरुले शान्तिपुर्ण रेयाली समेत निकालेका थिए । रयालीमा सहभागिहरुले सामाजिक दुरी कायम , माक्स , ग्लोव्स तथा स्यानिटाइजरको उचित प्रयोग गदै र्यालीमा सहभागि भएका थिए ।
रत्ननगरको सौरहाचोकमा सार्वजनिक यातायातका चालक , सह चालक तथा सो वाटो भएर यात्रा गर्नुहुने यात्रुहरुको लागी माक्स वितरण गरिएको हेड्स नेपालकी अध्यक्ष शोभा लामाले बताउनु भयो । चितवन एसइइले यो पटक हेड्स नेपालसंग सहकार्य गदै यस किसिमको सचेतना कार्यक्रम आयोजना गरेको हो ।
करिब ५ सय भन्दा बढी सर्वसाधरण , सार्वजनिक यातायात तथा अन्य सवारीका चालक तथा सह चालकलाइ माक्स वितरण गरिएको हो । माक्स वितरण सहित माक्सको महत्व तथा यसको विषयमा सचेतना दिइएको थियो । कोभिड १९ को महामारि बढी रहेकोले नियमित माक्स लगाउन रयालीमा सहभागिहरुले सर्व सारधणलाइ अनुरोध गरेका थिए ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer