
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले महामारीका कारण रोकिएको विद्यार्थी भर्ना तथा परीक्षा कार्य असोज १ गतेबाट सञ्चालन गर्नेगरी प्रस्ताव गरेको छ ।
आइतबार बसेको सिसिएमसीको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नसकिने भन्दै असोजबाट सञ्चालन गर्ने प्रस्ताव गरेको हो । साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो । तर कोरोना महामारी फैलन क्रम नरोकिए पछि विद्यार्थी भर्नाअघि बढ्न सकेको थिएन ।
पछिल्लो समय कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै गएपछि भदौमा पनि परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न नमिल्ने सिसिएमसीको प्रस्ताव छ ।