शिवालय केरा समूहका किसानलाई अनुदानमा स्प्रे ट्यांकी वितरण
चितवन । कालिका नगरपालिका वडा नं.६ मा रहेको शिवालय केरा उत्पादन कृषि समूहका किसान हरुलाई ५० प्रतिशत अनुदानमा औसधि छर्ने  स्प्रे ट्यांकी वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई, केरा जोन चितवनको सहयोगमा सो समुहका २५ जना केरा खेती गर्ने किसानलाई सो स्प्रे ट्यांकी वितरण गरिएको हो ।
समुहका अध्यक्ष कृष्णराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष बिनोद रेग्मी, केरा जोन चितवनका कृषि अधिकृत मेघनाथ तिमिल्सिना, कृषि अधिकृत इन्द्रराज शर्मा, केरा जोन चितवनका सचिव फडिन्द्र लामिछाने, उपभोक्ता अधिकार संरक्षण मञ्च कालिकाका अध्यक्ष महादेव प्रसाद हुमागाई लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको