क्लिन चितवन ग्रिन चितवन बेटर चितवनको आयोजनामा बृक्षारोपण कार्यक्रम 

चितवन । क्लिन चितवन ग्रिन चितवन बेटर चितवनको आयोजनामा आज नेपाल माध्यमिक बिधालय, रत्ननगरको प्राङ्गणमा  बृक्षारोपण कार्यक्रम गरिएको छ । अभियानको १६औं दिन आज अभियानका संयोजक सरोजध्वज भण्डारीको संयोजकत्वमा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका उप मेयर बिमला दुवाडी, वडा नं.२ का अध्यक्ष तिलक शर्मा लगाएतको सहभागीता रहेको थियो । अभियान अन्तर्गत चितवनको विभिन्न बिधालय, सामाजिक सस्था हरुमा बृक्षारोपण र सरसफाइ गरिसकेको  छ  भने १ महिने अभियान अन्तर्गत विभिन्न स्थानमा बृक्षारोपण र सरसफाइ गरिने अभियानका सदस्य ईश्वर भट्टराईले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको