काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदुरपश्चिम प्रदेश संसदीय दलले पार्टी एकतामा खलल पुग्ने किसिमको कुनै पनि काम नगर्न आग्रह गरेको छ ।
संसदीय दलले विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो । नेकपा सुदुरपश्चिम संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले विज्ञप्तिमार्फत पार्टीलाई सुदृढ गर्नुपर्नेमा जोड दिएका हुन् ।
पार्टीमा विवाद चर्किरहेका बेला सडक वा सामाजिक सञ्जालमा आरोप प्रत्यारोप नगर्न पनि अनुरोध गरिएको छ ।