आजको ओली–प्रचण्ड वार्ता सकियो: भोलि ११ बजे बैठक बस्ने !

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरु खोज्ने सहमति भएको छ । सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षवीच पुनः छलफल गर्ने सहमति भएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच वार्ता भएको थियो । वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको