भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार राती कालिका नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कालिका नगरपालिका ७ कि २७ वर्षीया एक महिला र कालिका १ का ३६ वर्षका एक पुरुष रहेका छन् । ती महिला गर्भवती हुन । उनी कतारबाट आइ जुटपानी बजारको बिधालयको क्वारेन्टाइनमा बसि रहेकी छन । त्यस्तै ती पुरुष भारतबाट आइ कालिका १ को समिपुर बिधालयको क्वारेन्टाइनमा बसिरहेका छन ।
आज बिहान मात्रै चितवनका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
विहान संक्रमण पुष्टि हुनेमा भरतपुरका ९, माडीका २, राप्तीका एक र खैरहनी नगरपालिकाका एक जना रहेका छन् ।
योसंगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।
बुधबार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा कुल ११९ वटा नमुनाको परीक्षण गरिएको थियो ।