चितवन जिल्ला अदालतद्वारा बालिका बलात्कार गर्ने युवालाई १८ वर्ष कैद फैसला

शिशिर सिंखडा, चितवन । बालिका बलात्कार गर्ने एक युवालाई  चितवन जिल्ला अदालतले १८ वर्ष कैदको फैसला सुुनाएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १३ का २७ वर्षीय अजय कट्टेलले ११ वर्षीय बालिकालाई बलात्कार गरेका थिए । बालिकालाई ट्युसन पढाउने शिक्षक कट्टेलले गत मंसिर १६ गते बलात्कार गरेका थिए । बालिकाकी आमाले छोरीलाई बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय टाँडीमा जाहेरी दिनुभएको थियो । वहाँको जाहेरीको आधारमा प्रहरीले कट्टेललाई गत मंसिर २७ गते पक्राउ गरी अनुसन्धान थालेको थियो ।  चितवन जिल्ला अदालतका न्यायाधिश हेमन्त रावलको इजलासले बालिका बलात्कार गर्ने कट्टेललाई १८ वर्ष कैदको फैसला सुनाएको अदालतका सूचना अधिकारी तथा श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो । हिजो सोमबार भएको जिल्ला अदालतको फैसला अनुसार पिडीतलाई कट्टेलले १ लाख नगद क्षति भराउने र २ हजार ८ सय रुपैया पिडीत राहत कोषमा रकम जम्मा गर्नुपर्ने समेत फैसला भएको अदालतका सूचना अधिकारी रुद्रमणि गिरीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको