
चितवन । हेटौडामा हत्या भएकी सुस्मीता थापाको हत्यार पत्ता लगाई कानुनी कारवाही गर्नुपर्ने भन्दै चितवनमा दवावमुलक कार्यक्रमको आयोजना गरिएको छ ।
गत असार १ गते हेटौडामा आफ्रनै घरमा मृत भेटिएकी सुस्मीताको आत्मशान्तीको कामना गर्दै मेचि महाकाली बुहारी संयुक्त आवाज चितवनले भरतपुरको चौविसकोठीमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा अधिकारकर्मी मिना खरेलले अहिले पनि महिलाहरु घर भित्रै मारिनु दुख भएको बताउनु भयो । उहाँले महिला हिंसा कम गर्नका लागि पनि दवाव मुलक कार्यक्रम गर्न वाध्य भएको बताउनु भयो ।
कार्यक्रममा अधिकारकर्मी संगिता भट्टराईले लकडाउनको समयमा महिला हिंसा झन वढेको भन्दै दुख व्यक्क्त गर्नुभयो । उहाँले आफ्नै घर भित्र महिला सुरक्षित नभई मारीनु पर्ने अवस्थाले सबैलाई गम्भिर हुन वाध्य पारेको बताउनु भयो।
कार्यक्रममा मेचि महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय प्रवता मञ्जु खाडले सुस्मिताको हत्यारालाई हदैसम्मको कानुनी कारवार्ही हुनुपर्ने बताउनु भयो । ससुराबाट नै एकल बुहारीको हत्या भएको हुनसक्ने भन्दै उहाँले कुनै पनि बाहनामा हत्याराले उन्मुक्ति पाउन नहुने बताउनु भयो ।
सो अवसरमा अधिक्क्ता कल्पना उप्रेतीले महिला हिंसा न्युनिकरण गर्नका लागि सचेतना मुलक कार्यक्रमका साथसाथै महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज चितवनकी अध्यक्ष महेश्वरी खड्का थापाको अध्यक्षता रहेको थियो भने सचिव सिन्धु ढकालले सञ्चालन गर्नुभएको थियो ।