
चितवन । मेची महाकाली बुहारी संयुक्त आवाजको चितवन अध्यक्षमा महेश्वरी खड्का थापा चयन हुनुभएको छ ।
आज भएको चितवन भेलाले खड्कालाई अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा उषा सुवेदी, सचिवमा सिन्धु ढकाल, कोषाध्यक्षमा अमृता भट्टराई र सदस्यहरुमा उमा बानिया र पवित्रा अर्याललाई चयन गरिएको केन्द्रीय प्रवतmा मञ्जु खाडले जानकारी दिनुभयो ।
महिलाहरु कोही पनि हिंसामा परेमा हातेमालो गर्ने उदेश्यका साथ संस्था स्थापना गरिएको कार्यक्रमकी अध्यक्ष एवं मेची महाकाली बुहारी संयुक्त आवाजकी प्रवक्क्ता खाडँले जानकारी दिनुभयो ।
साथै आजै पद हस्तान्तरण समेत गरिएको छ । पदहस्तान्तरण कार्यक्रममा नवनियुक्क्त अध्यक्ष महेश्वरी खड्का थापाले महिलाहरुको दुख सुखमा महिला नै साथमा हुनुपर्ने आवश्यकताको महसुस गरेर सबै एक भएको बताउनु भयो । नवनियुक्त अध्यक्ष थापाले आउदा दिनमा महिलाहरु पछाडी पर्नुको कारण खोजेर उनीहरुलाई आत्मनिर्भर बनाउने तर्फ संस्था अगाडी बढ्ने समेत बताउनु भएको छ ।
संस्थाको केन्द्रीय कानुनी सल्लाहकारमा फुलमाया रानाभाट, चितवन प्रेस सल्लाहकारमा शान्ता अधिकारी र सल्लाहकारमा कल्पना पौडेल खड्का बिष्णु सापकोटा र धनु थापा मगरलाई चयन गरेको छ ।
यस मेची महाकाली बुहारी संयुक्त आवाज संस्थाले सामाजिक सञ्जाल मार्फत देशभरी छरीएर रहेका महिलाहरुलाई एक गर्दै लगेको छ । साथै संस्थाले महिलाहरु हिंसामा परेमा उनीहरुलाई कानुनी परामर्श दिर्ने, संरक्षण गर्ने र आर्थिक सहयोग समेत पुराउदै आएको छ ।