
चितवन । बन्दाबन्दीले सबैभन्दा बढि समस्यामा परेका सुत्केरी आमाहरुलाई राहत बितरण गरिएको छ । चितवनको कालिका नगरपालिका वडा नं ८,९, १० र ११bका दुई सय महिलाहरुलाई आज राहत बाडिएको हो।चितवनको पहाडी भुभागमा बसोवास गर्ने चेपागं सम’दाय का महिलाहरुलाई खाद्यान्न राहत सगै सरसफाईजन्य सामग्रीहरु पनि बितरण गरिएको थियो । कालिका नगरपालिकाको समन्वयमा नेपाल ग्रामिण पुननिर्माण संस्थाले राहत सामग्री पुर्याएको हो । कालिका नगरपालिका वडा नं १० का वडा अध्यक्ष दिल बहादुर गुरुगंले घरवाहिर गएर ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका चेपागं समुदायलाई लकडाउनले गर्दा समस्या भएको बताए । गुरुगले भने नगरपालिका आफैले पनि केहि समय पहिला राहत बाँडेको भए पनि चेपागं सम’दायमा खाद्यान्न अभाव भएको र खासगरि सुत्केरी महिलाहरु समस्यामा पर्ने भएका कारण बिभिन्न गैर सरकारी संस्था सगसमन्वय गरेर राहत बाडिएको बताउछन् ।
एक बोरा चामल (तिस किलोको) दाल तिन किलो, तेल दूई लिटर,चिनि दुई किलो, नुन दुई किलो तथा सरसफाईजन्य सामग्रीमा सुतीको तौलिया,नुहाउने सावुन,लुगा धुने साबुन, बाल्टिन,स्यानिटाइजर,सेनेटरी प्याड,कटन मास्क लगाएत १६ प्रकारका सामन बितरण गरिएको थियो। कालिका नगरपालिका १० लोतन्तीका गिता चेपागंले राहतले केहि समयको
लागि भरथेग हुन सक्ने बताइन् ।
यसले सुत्केरी महिलामा उत्साह थपेको छ। प्राथमिक स्वास्थ्य चौकि सिद्दीमा लकडाउनको समयमा सुत्केरी भएका महिला जसको तिन महिना सम्मको बच्चा छ ।यस्ता महिला काम गर्न जान पनि नसक्ने र घरका अन्य मान्छेले पनि काम गर्न जान नपाएका कारण बन्दाबन्दीको असर धेरै परेकोले यी समुदायको पहिचान गरि राहत बितरण गरिएको गरिएको नेपाल ग्रामिण पुननिर्माण संस्थाका वास अधिकृत सबिता अधिकारीले बताइन् ।
संस्थाले हिजो मात्र भरतप’र महानगरपालिका २९मा पनि एक सय घरधुरीलाई यस्तै प्रकारको राहत बितरणगरिएको संस्थाका जिल्ला संयोजक रबी ज्ञवालीले जानकारी दिए । राहत बितरण कार्यक्रममा भौतिक दुरी कायम गर्दै लाभग्राही हरुलाई तापक्रम नाप्ने, मास्क लगाएर आउने,साबुन पानीले हात धोएर स्यानिटाइजरको प्रयोग गर्नेजस्ता बिश्व
स्वास्थ्य संगठनले दिएको निर्देशन अनुसार नै काम गरिएका ज्ञवालीले बताए ।