चितवन । विदेशबाट फर्केर होटेलमा क्वारेन्टिनमा बस्नेका लागि चितवन, काठमाडौं र भैरहवामा होटेल तयार भएका छन् । होटेल संघ नेपाल (हान)ले होटल क्वारेन्टिन बनेका होटलको सूचि अध्यावधिक गरेको छ ।
जस अनुसार अब काठमाडौं, चितवन र भैरहवामा होटेलहरु क्वारेन्टिनका लागि तयार भएका छन् । चारतारे होटलदेखि पर्यटकस्तरीय होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गरिँदैछ ।
यसअघि पर्यटन मन्त्रालय र होटल व्यवसायीबीच मूल्य र जिल्ला प्रंशासन कार्यालयसँग सुरक्षाको विषयमा सहमति भएसँगै पछिल्लो समय होटल क्वारेन्टिन बनाउन तयार होटेल प्रतिष्ठानको संख्या पनि बढिरहेको छ । काठमाडौं, चितवन वा भैरहवा जहाँ बसेपछि मूल्य भने समान रहेको छ ।
प्रतिव्यक्ति न्यूनतम दुई हजारदेखि अधिकतम ५५ सय रुपैयाँसम्ममा होटेल उपलब्ध हुने भएको छ । अधिकतम मूल्य चारतारे र न्यूनतम मूल्य पर्यटकीय स्तरका होटेलमा निर्धारित हो ।
न्यूनतम मूल्य भने एउटा कोठामा दुई जना बस्न तयार भएको अवस्थामा मात्र हो । एउटा कोठामा एक्लै बस्न चाहने पाहुनाले भने न्यूनतम तीन हजार रुपैयाँदेखि अधिकतम ८ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।
अर्थातः चार तारे होटेलको कोठामा एक्लै बस्न चाहने हो भने प्रतिदिन ८ हजार रुपैयाँ भुक्तान गर्नुपर्ने छ ।
सरकारले विदेशमा अडि्कएका नेपाली नागरिकको उद्दार थालेको छ । यसक्रममा नेपाल आइसकेपछि आफ्नै खर्चमा क्वारेन्टिनमा बस्न चाहनेका लागि होटेलको व्यवस्थापन गरिएको हो ।
आफैं खर्च गर्न मुस्किल हुनेहरुका लागि भने सम्बन्धित स्थानीय तहमा सरकारले निर्माण गरेको सामुहिक क्वारेन्टिनमा राखिदैछ । होटेलले बिहान खाजा-खाना, दिउँखो खाजा र साँझ खाना गरी दैनिक चार पटक खानाको व्यवस्था गर्नेछन् । अन्य सेवा सुविधासमेत होटेलको मापदण्ड सरह हुने होटेल संघ नेपाल (हान)को भनाइ रहेको छ ।
हेर्नुहोस सूची