चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजमा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउदै बिरामीका आफन्तजनले अस्पताल तोडफोड गरेका छन । तोडफोडबाट अस्पतालको सिसामा सामान्य क्षति भएको चितवन प्रहरीले जनाएको छ । तोडफोडमा सङ्लग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले कालिका दैनिकलाई जानकारी दिए ।
भरतपुर-२२, पदमपोखरीका १७ बर्षिय युवक आशिष सुनारको एपेन्डिक्सकाे अप्रेसन गर्ने क्रममा मृत्यु भएको परिवारजनको आरोप छ । अस्ति मंगलबार अस्पताल भर्ना भएका सुनारको हिजो बुधबार अप्रेसन भएको र सो अप्रेसन सफल नभएपछी आज बिहीबार पुनः अप्रेसन गरेको परिवारजनको आरोप छ । अस्पतालले बिरामीको आइसीयुमा राखी उपचार गराएको भने पनि उनको उपचारमा लापरबाही गरि मारिसकेको आसिषका बुबा केदार सुनारले आरोप लगाए ।
सो सम्बन्धमा अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिश न्योपानेले बिरामीको मृत्यु नभएको र उनको उपचार भैरहेको बाताए । साथै उनले आफू र अस्पतालका सिइओ बाहिर रहेकोले थप जानकारी पछी दिने कालिका दैनिकलाई बताए ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer